दफा ३२
अदालतलाई भए सरहको अधिकार हुने
  यस ऐन अनुसारको काम कारवाई गर्दा बयान लिन, पक्ष झिकाउन, प्रमाण बुझ्ने, कागजपत्र दाखिल गराउने सम्बन्धमा मालपोत कार्यालयको प्रमुखलाई प्रचलित नेपाल कानून बमोजिम अदालतलाई भए सरहको अधिकार हुनेछ ।